काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन पक्षीय ३० केन्द्रीय सदस्यले पार्टी नेतृत्वलाई संवाद र सहमति गरी बृहत् एकताबद्ध तरिकाले काँग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न अपिल गरेका छन् ।
ललितपुरको कुपण्डोलमा शुक्रबार बिहान भएको छलफलपछि विज्ञप्ति जारी गरेर सो समूहले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेको हो ।
‘नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ । अतस् माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भई काँग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै काँग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टी बनाउन जरुरी रहेको जोड दिँदै उनीहरूले परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने अवस्था रहेको स्मरण गराएका छन् ।
२५ जनाको यो समूह १५ औं महाधिवेशनको कार्यतालिकाबारे बहस चलिरहेका बेला निर्वाचनअगावै हुनुपर्ने पक्षमा उभिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०८२, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल