कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज

सफल खबर संवाददाता

शुक्रबार, २५ पुस २०८२, ०८ : १३
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला आयोजना गर्ने भएको  छ ।

पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा संस्थापन पक्षीय सदस्यहरूको भेला आह्वान भएको हो । 

‘नेपाली कांग्रेसभित्र उत्पन्न परिस्थिति लाई मध्यनजर गर्दै सल्लाहका लागि बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा सस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाइएको हो । 

बिहीबार संस्थापन पक्षीय पदाधिकारी र सदस्यहरूले सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि आफ्नो समूहका सदस्यहरूको भेला बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस