गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आग्रह गरेको छ ।
पार्टीका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेसहित गोरखा नगरपालिकाबाहेकका सबै पालिका समितिका सभापति, क्षेत्रीय सभापतिहरूलगायतले संयुक्त हस्ताक्षरसहितको विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई अनुरोध गरिएको हो ।
विज्ञप्तिमा पार्टीभित्र वैचारिक स्पष्टता र सङ्गठनात्मक एकता मजबुत बनाउन विशेष महाधिवेशन महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ । साथै विज्ञप्तिमा सबैको साझा सहभागिताबाट मात्र नेपाली कांग्रेस थप बलियो, विश्वसनीय र जनमुखी बन्नसक्ने उल्लेख गर्दै जिल्लाका सबै तहका नेता–कार्यकर्तालाई विशेष महाधिवेशनमा सक्रिय उपस्थिति जनाउन अपिल गरिएको छ ।
विज्ञप्तिमा पालुङटार नगरपालिकाका सभापति विमल ढकाल, धार्चे गाउँपालिकाका सभापति सन्तबहादुर गुरुङ, सिरानचोक गाउँपालिकाका सभापति भक्तबहादुर गुरुङ, अजिरकोट गाउँपालिकाका सभापति जङ्गबहादुर गुरुङ, आरुघाट गाउँपालिकाका सभापति राजु गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाका सभापति जीतबहादुर घले, गण्डकी गाउँपालिकाका सभापति होमबहादुर राना, भीमसेनथापा गाउँपालिकाका सभापति नारायणप्रसाद भट्टराई र चुमनुब्री गाउँपालिकाका सभापति सूर्यबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ पुस २०८२, ०६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
यस्ता छन् काँग्रेस केन्द्रीय अनुशासन समिति बैठकका निर्णय
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने
कांग्रेस ८४, एमाले ४० र नेकपा १७ स्थानमा प्रतिस्पर्धी
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने काँग्रेसको निर्णय