काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।
काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार अपराह्न ४ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए ।
यसअघि काँग्रेसले बुधबार विज्ञप्ति जारी गरेर विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभएको बताएको थियो । त्यसअघि विशेष पक्षधरले पत्रकार सम्मेलन गरे विशेष महाधिवेशन आह्वान गरेको थियो । महामन्त्रीद्वयले पनि वक्तव्यमार्फत विशेष महाधिवेशनको आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०८२, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन