काँग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

सफल खबर संवाददाता

विहीबार, २४ पुस २०८२, १४ : १०
काँग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार अपराह्न ४ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए ।

यसअघि काँग्रेसले बुधबार विज्ञप्ति जारी गरेर विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभएको बताएको थियो । त्यसअघि विशेष पक्षधरले पत्रकार सम्मेलन गरे विशेष महाधिवेशन आह्वान गरेको थियो । महामन्त्रीद्वयले पनि वक्तव्यमार्फत विशेष महाधिवेशनको आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस