काठमाडौं । नेपाली कांग्रेसमा पार्टीका महामन्त्रीद्दयले विशेष महाधिवेशन आह्रवान गरेपछि महाधिवेशन प्रतिनिधि तानातानमा परेका छन् ।
संस्थापन पक्ष (देउवा समुह) ले विशेष महाधिवेशन ब्यक्ति विशेषलाई बोलाउने अधिकार नभएको र त्यसरी बोलाइएको विशेष महाधिवेशन वैधानिक नहुने तर्क गरिरहेका बेला महामन्त्रीद्दयले भन विधानले नै महामन्त्रीलाई त्यस्तो अधिकार दिएको तर्क गरिरहेका छन् ।
विधानको ब्याख्या र अधिकार क्षेत्रका विषयमै कांग्रेसमा सस्थापन र महामन्त्रीद्दयका वीचमा मतभेद भएको छ । अहिले महामन्त्रीद्दयले आह्रवान गरेको पुस २७ र २८ गतेको विशेष महाधिवेशनमा सहभागी हुन संस्थापन इतरले प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
संस्थापन पक्षले विशेष महाधिवेशनमा सहभागी नहुन र महामन्त्रीद्दयले सहभागी हुन अपिल गरिरहँदा महाधिवेशन प्रतिनिधिहरु भने तानातानमा परेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशन अस्वीकार गर्दै प्रतिनिधिहरूलाई काठमाडौं आउनबाट रोक्ने रणनीतिमा लागेको छ । अर्कोतिर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूह जसरी पनि विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि ल्याएर सफलतापूर्वक सम्पन्न गर्ने योजनामा छ ।
यो द्वन्द्वको सबैभन्दा ठूलो मार भने ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि माथि परेको छ । अहिले कांग्रेसका प्रतिनिधिहरू नेतृत्वको शक्ति संघर्षको चेपुवामा परेका छन् । कोही फोन, कोही दबाब, कोही प्रलोभन, कोही भावनात्मक आग्रहबीच ‘काठमाडौं जाने कि नजाने’ भन्ने कठिन दुविधामा छन् ।
गत असोज २८ गते ५४ प्रतिशत (२,४३९ जना) महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका थिए । त्यसपछि त्यही विधानको ब्यवस्थाका आधारमा गगन थापा र विश्वप्रकाश शकर्माले विशेष महाधिवेशन आह्रवान गरेका हुन् ।
यही शक्ति संघर्षका कारण अहिले कांग्रेसका महाधिवेशन प्रतिनिधि ‘तानातान’ मा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०८२, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल