एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्न सैन्य विकल्प समेत प्रयोग हुन सक्ने संकेत दिएका छन्। ह्वाइट हाउसले ग्रीनल्याण्ड प्राप्तिलाई ‘राष्ट्रिय सुरक्षाको प्राथमिकता’ भन्दै यसका लागि विभिन्न विकल्पमा छलफल भइरहेको पुष्टि गरेको छ।
अमेरिकी सेनाको प्रयोग सधैँ कमाण्डर-इन-चिफको नियन्त्रणमा रहने विकल्प भएको भन्दै ह्वाइट हाउसले मंगलबार एक विज्ञप्ति जारी गरेको छ। ट्रम्पले सुरक्षा कारण देखाउँदै अमेरिकालाई ग्रीनल्याण्ड आवश्यक रहेको दाबी दोहोर्याएका छन्। तर, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमण गरेमा त्यो नेटो सैन्य गठबन्धनको अन्त्य हुने चेतावनी दिएकी छन्।
युरोपेली राष्ट्रहरूको आपत्ति यसैबिच, बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड र स्पेनका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै डेनमार्कको समर्थन गरेका छन्। उनीहरूले ग्रीनल्याण्ड त्यहाँका जनताको भएको र यसको भविष्यको निर्णय डेनमार्क र ग्रीनल्याण्डले मात्र गर्न पाउने स्पष्ट पारेका छन्। युरोपेली नेताहरूले संयुक्त राष्ट्रसंघको बडापत्र, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न ट्रम्प प्रशासनलाई आग्रह गरेका छन्।
ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स-फ्रेडरिक निल्सनले अन्तर्राष्ट्रिय कानुन र क्षेत्रीय अखण्डताको सम्मान गर्दै सम्मानजनक संवाद हुनुपर्नेमा जोड दिएका छन्।
विवादको पृष्ठभूमि यो विवाद अमेरिकाले भेनेजुएलामा गरेको सैन्य हस्तक्षेपपछि झनै चर्किएको हो। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लगिए लगत्तै ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार स्टिफन मिलरकी पत्नी केट मिलरले सामाजिक सञ्जालमा ग्रीनल्याण्डलाई अमेरिकी झण्डाको रङमा रंगाएको नक्सा पोस्ट गर्दै ‘चाँडै’ भनेर लेखेकी थिइन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २३ पुस २०८२, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक
ट्रम्पले बीबीसीविरुद्ध किन हाले मुद्दा ?
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प