१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २० पुस २०८२, २० : ३५
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ

काठमाडौँ । पर्साबाट १० लाख रुपैयाँभन्दा बडी हुन्डीको रकम सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको प्रसौनी गाउँपालिका(४ देवरवानाका २२ वर्षीय पवनकुमार साह, सोही ठाउँका ३० वर्षीय मुस्ताक अनुसार र १९ वर्षीय रामपुकार पासवान रहेका छन् ।

उनीहरूको साथबाट स्रोत नखुलेका १० लाख २ हजार १० रुपैयाँ र ना१६प३०२० नम्बरको मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरू शनिबार पर्साको जगरनाथपुर गाउँपालिका-३ गडैयाटोलबाट पक्राउ परेका हुन् ।

पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस