काठमाडौं । राष्ट्रिय सभाको रिक्त १८ पदका लागि आगामी माघ ११ गते चुनाव हुँदैछ । जसका लागि पुस २३ गते उम्मेदवारी दर्ताको समय छ । २२ पुसमा निर्वाचन आयोगले मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ ।
आयोगले पारम्भिक मतदाता नामावली भने सार्वजनिक गरिसकेको छ । जसमा प्रदेश सभाका ५ र स्थानीय तहका ८ जना पदाधिकारी मतदान प्रक्रियामा सहभागी हुनेछैनन । उनीहरुको नाम निर्वाचन आयोगले सार्वजनिक गरेको पारम्भिक मतदाता सूचीमा समावेश छैन ।
मधेस प्रदेश सभामा राप्रपाकी सांसद रहेकी कञ्चन विच्छालाई राप्रपाले पार्टी हित विपरित काम गरेको भन्दै हटाउन भनेपनि उनले सर्वाेच्च अदालतबाट तत्काल नहटाउन भनी गरेको आदेशका कारण काम गरिरहेकी छिन् । उनको ना मभने मतदाता सूचीमा छ ।
प्रदेश सभा सदस्यमध्ये अदालतको आदेश बमोजिम पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी जम्मा पाँच जना प्रदेश सभा सदस्यको नाम मतदाता सूचीमा छैन । त्यस्तै, स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी जम्मा आठ जना स्थानीय तहका पदाधिकारीको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन ।
उनीहरुले माघ ११ मा हुने राष्ट्रिय सभा चुनावमा मतदानमा भाग लिन पाउने छैनन ।
फागुन २० मा रिक्त हुने १९ मध्ये एक सिटमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । १८ पदमा भने माघ ११ मा चुनाव हुँदैछ ।
आयोगले निर्वाचनका लागि प्रकाशन गरेको प्रारम्भिक मतदाता नामावलीमा प्रदेश सभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा दुई हजार ४३ जना छन् ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।
उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ हुनेछ ।
प्रदेश सभामा क- कसले मतदान गर्न पाउँदैनन् ?
प्रदेश सभाका ४ निलम्बित र एक पदमुक्त भएकाले मतदानमा भागलिन पाउँदैनन । निलम्बनमा परेकामध्ये ३ जना मधेस प्रदेश सभाका र एक जना सुदूरपश्चिम प्रदेश सभाका सांसद छन् । पदमुक्त नै भएको भने गण्डकी प्रदेशका एक जना छन् । जसको नाम मतदाता सूचीमा छैन ।
मधेश प्रदेशका महोत्तरीका सांसद सरोज सिंह कुशवाह, अभिराम शर्मा र धनुषाका दिपेन्द्रकुमार ठाकुर निलम्बनमा छन् । उनीहरु विरुद्द अख्तियारले विभिन्न भष्टाचार, अनियमितताको आरोपमा अदालतमा मुद्दा चलाएका कारण उनीहरुको पद निलम्बनमा परेको हो । कानुनत भष्टाचारको मुद्दा अदालतमा गए देखि नै उनीहरुको पद निलम्बन हुने ब्यवस्था छ । सोही आधारमा जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४(२) बाट निर्वाचित सरोज सिंह कुशुवाह, धनुषा ३(२) मा नेकपा एमालेबाट निर्वाचित प्रदेश सांसद दिपेन्द्रकुमार ठाकुर र लोसपाका अभिराम शर्मा निलम्बनमा परेका हुन् ।
गण्डकी प्रदेश सभा सांसद रहेका दीपक मनांगे भने पदमुक्त भएका छन् । राजिव गुरुङ भनिने दिपक मनाङे खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा अदालतबाट दोषी ठहर भएपछि उनी पदमुक्त भएका हुन् ।
सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेदवार हुनसमेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको थियो ।
२०६१ सालमा दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’ को गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमण गरेको थियो ।
ज्यान मार्ने मनसायले आक्रमण गरिएको उल्लेख गरेर मनाङेमाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो । उक्त अदालतले सामान्य कुटपिट मात्रै भएको उल्लेख गर्दै मनाङेलाई दुई वर्ष कैद सजाय सुनाएको थियो ।
जिल्ला अदालतको फैसलाविरुद्ध उक्त मुद्दा तत्कालीन पुनरावेदन अदालत पाटनमा दायर भएको थियो । उक्त अदालतले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्षको जेल सजाय ठहर गरेको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनी पदमुक्त भएका हुन् ।
त्यस्तै, सुदुरपश्चिम प्रदेशका एक जना सांसद पनि निलम्बित छन्, दीर्घवहादुर सोडारी । सुदूरपश्चिम प्रदेशसभाका पूर्व मुख्यमन्त्री समेत रहेका सोडारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दा दायर गरेपछि निलम्बनमा परेका हुन् । सोडारीलाई पदको दुरुपयोग र सम्पत्ति आर्जनको आरोपमा मुद्दा चलिरहेको छ ।
प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ पुस २०८२, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
राष्ट्रिय सभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रिय सभामा नेकपाको संसदीय दलको नेतामा झक्कु सुवेदी
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता