काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ ।
शुक्रबार एक अमेरिकी डलरको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा रहेकामा शनिबार बढेर खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा पुगेको हाे ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ पुस २०८२, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने
राष्ट्र बैङ्क प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक पौडेललाई
बैङ्किङ प्रणालीबाट एकै दिन ९० अर्ब तान्दै राष्ट्र बैङ्क
हरेक दिनको सरकारी कारोबार विवरण राष्ट्र बैङ्कमा पठाउनुपर्ने