काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली छपाई सुरु भएको छ।
शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता नामावली छपाइको उद्घाटन गरेका छन्। आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तय भएको छ।
निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली प्रकाशन गरिसकेको छ। आगामी निर्वाचनका लागि लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्।
आयोगका अनुसार, ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन्।
गत २०७९ सालको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए। जसमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य एक सय ८५ रहेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०८२, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले दुःख दियो : रवीन्द्र मिश्र
समानुपातिकको बन्द सूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
७ वटा दलले बुझाए समानुपातिकको सूची
समानुपातिक उम्मेदवारको बन्द सूची समयमै बुझाउन दलहरूलाई निर्वाचन आयोगको अनुरोध
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज