‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, १८ पुस २०८२, १५ : ४६
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले चुनावमा उम्मेदवार बन्ने वर्तमान मन्त्रीहरूले तत्काल पद छाड्नुपर्ने बताएका छन्। विराटनगरमा पत्रकारसँग कुरा गर्दे भट्टराईले सरकारमा बसेर उम्मेदवार हुन नपाइने बताए ।

उनले यो सरकार निर्वाचन गराउने म्याण्डेट बोकेर बनेकाले सरकारमा बसेर उम्मेदवार हुन नपाइने बताए । उनले यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेटमा यसअघि नै यसबारे कुरा उठाएको बताए ।

उनले भने, ‘जो मन्त्रीहरू निर्वाचनमा उठ्दै हुनुहुन्छ, उहाँहरूले मनोनयन दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्छ। मन्त्री पदमा बसेर चुनाव लड्दा निर्वाचनको निष्पक्षता सुनिश्चित हुन सक्दैन।’

 

उनले महाधिवेशनले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ म्यान्डेट दिएको बताए । उनले सोही म्याण्डेट अनुसार पार्टी एकताबद्ध भएर अघि बढ्ने बताए। उनले महाधिवेशनमा आफूहरूले उठाएका एजेन्डा अझै जीवितै रहेको र त्यसबारे पार्टीभित्र छलफल भइरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस