काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर पनि दुई वर्षदेखि दक्षिण कोरिया जान नपाएका युवाको समस्या समाधान गर्न सरकारले पहल थालेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले आन्दोलनरत युवासँग आज छलफल गरेका छन् । कोरिया जान पाउनुपर्ने माग राख्दै दुई वर्षदेखि रोस्टर सूचीमा नपरेका युवाले ग्वार्कोस्थिल ईपीएस शाखा कार्यालयमा प्रदर्शन गर्दै आएका छन् ।
मन्त्रालयमा भएको छलफलमा उनीहरूका मागका विषयमा जानकारी लिइएको थियो । छलफलमा सहभागी एक अधिकारीका अनुसार मन्त्री र श्रम मन्त्रालयका अधिकारीहरूले उनीहरूका माग सुनेका थिए । त्यसपछि मन्त्रालयमा छलफल गरेर समस्या समाधान गरिने आश्वासन मन्त्री भण्डारीले दिएका थिए ।
उनीहरूसँगको छलफलपछि मन्त्री भण्डारीले मन्त्रालयका अधिकारीहरूसँग आन्तरिक छलफल गरेका थिए । छलफलमा उनीहरूले उठान गरेका विषय समाधानका उपाय खोजिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ पुस २०८२, २० : २४
लेखकबाट थप