काठमाडौ । आगामी निर्वाचनलाई लक्ष्य गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच एकता सहमति भएकोप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल निकै खुसी भएका छन्।
आज (आइतबार) बिहानै उनीहरूबीच एउटै दल रास्वपामा रहने तथा यसको नेतृत्व रविले नै गर्ने र भावी प्रधानमन्त्रीको उम्मेदवार भने बालेन बन्नेगरी सातबुँदे सहमति भएको हो।
यसैबीच प्रसंग उल्लेख नगरी सरकारका प्रवक्तासमेत रहेका खरेलले फेसबुकमा लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात! सुन्दर र समुन्नत नेपालको सपना! गन्तव्य तय हुँदै छ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ पुस २०८२, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभाको बैठकमा चलचित्र विधेयक पेश गर्दै सञ्चारमन्त्री तिमिल्सिना
सञ्चार क्षेत्रको संरचनात्मक सुधार सरकारको प्राथमिकता : सञ्चारमन्त्री
दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल