सञ्चार क्षेत्रको संरचनात्मक सुधार सरकारको प्राथमिकता : सञ्चारमन्त्री

सफल खबर संवाददाता

बुधबार, ३० बैशाख २०८३, १२ : ४०
सञ्चार क्षेत्रको संरचनात्मक सुधार सरकारको प्राथमिकता : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रविधिको विकास र सञ्चार क्षेत्रको सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले ५–जी सेवाको कार्यान्वयन, सञ्चार क्षेत्रको सुधार र सुशासन प्रवर्द्धनमा सरकार प्रतिवद्ध रहेको स्पष्ट पारेका हुन् ।

मन्त्री तिमिल्सिनाले सरकार ५–जी प्रविधि भित्र्याउन दृढ रहेको बताए । ५–जीका लागि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले ३ हजार ३ सयदेखि ३ हजार ७ सय मेगाहर्ज ब्याण्ड निर्धारण गरिसकेको र यसको आधार मूल्य प्रतिमेगाहर्ज ४० लाख रुपैयाँ तय भएको जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस