जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि

सफल खबर संवाददाता

शनिबार, १२ पुस २०८२, १२ : २५
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ । संविधान संशोधन, निर्वाचन क्षेत्र पुर्निनिर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्थालगायतका २८ बुँदे विभिन्न माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले आजदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको हो । 

 प्रदेशस्तरीय विरोध सभाका कार्यक्रमअन्तर्गत आज विराटनगरमा पार्टीले विरोध सभा गर्न लागेको छ ।

पुस १४ गते मधेस प्रदेशको जनकपुरमा, १५ गते वीरगन्जमा र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभाको आयोजना गर्न लागिएको हो । विरोध सभालाई पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

जसपा नेपालले संघर्षका कार्यक्रमअन्तर्गत संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारहरूमा विरोध कार्यक्रम र कोण सभा गर्नुका साथै पार्टीले उठाएका माग र मुद्दाहरू अंकित प्लेकार्ड, ब्यानर सहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यालयहरू अगाडी शान्तिपूर्ण धर्ना तथा जिल्ला स्तरीय विरोध सभा/जन सभा गरेको थियो ।