डडेल्धुरा । डडेल्धुराको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति ८ः३० बजेतिर आलिताल गाउँपालिका–४ जाल्टुडामा म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो । सो दुर्घटनामा परी एक जना घाइते भएका छन् ।
परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको हो । दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएका छन्। उनको अवस्था गम्भीर भएपछि जोगबुडा अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।
उक्त अटोमा चालकसहित तीन जना सवार थिए । दुर्घटनापछि अटो चालक गोपाल मगर फरार छन् ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । जिपमा सवार तीनैजना सकुशल रहेको बताइन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ पुस २०८२, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु