काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण भोलि दिउँसो १२ बजेसम्म गर्ने भएको छ । मंसिर मसान्तभित्र सक्ने भनिए पनि त्यो समयमा सदस्यताको काम नसकिएकाले थप गर्ने सहमति भएको छ ।
महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यता वितरण सिस्टम भोलि दिउँसो १२ बजे लक गर्ने तयारी छ ।
बैठकले नयाँ वितरण पुस १० गतेसम्म गर्ने क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले बताए ।
क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम टुङ्ग्याएर पार्टीलाई बुझाउने उनले बताए । कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय सुनुवाइमा काँग्रेसको प्रश्न : बेञ्च-बार सम्बन्ध सुधार कसरी गर्ने ?
सीमावर्ती क्षेत्रमा अदालतको आदेश कार्यान्वयन नभएको भन्दै सरकारप्रति काँग्रेसको असन्तुष्टि
प्रधानमन्त्रीले संसद् अवहेलना गरेको काँग्रेसको आरोप
गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारीमा खड्का समूह
नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग