क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति

सफल खबर संवाददाता

मंगलबार, ०८ पुस २०८२, १२ : १०
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण भोलि दिउँसो १२ बजेसम्म गर्ने भएको छ । मंसिर मसान्तभित्र सक्ने भनिए पनि त्यो समयमा सदस्यताको काम नसकिएकाले थप गर्ने सहमति भएको छ ।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यता वितरण सिस्टम भोलि दिउँसो १२ बजे लक गर्ने तयारी छ ।

बैठकले नयाँ वितरण पुस १० गतेसम्म गर्ने क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले बताए ।

क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम टुङ्ग्याएर पार्टीलाई बुझाउने उनले बताए । कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस