काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह गर्नका लागि आज सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ ।
महासचिव शङ्कर पोखरेलले भर्चुअल माध्यमद्वारा एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन् । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलबाट महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार जिल्ला कमिटीमा पदाधिकारीदेखि सचिवालय सदस्यसम्म र प्रदेश कमिटीका पदाधिकारी लगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन ‘जुम आइडी’ पठाइसकिएको छ ।
‘११औँ महाधिवेशनको प्रारम्भिक फैसला जनसमक्ष पुर्याउन आजको बैठक आयोजना गरिएको हो’ अधिकारीले भने, ‘महाधिवेशनले चुनेको नेतृत्व, यसको कार्यभार, वर्तमान राजनीतिक अवस्थालगायत विषयमा महासचिवले प्रष्ट पार्नुहुनेछ ।’
यस्तै, एमालेले स्थानीय तहबाट भइरहेका गतिविधि, पार्टीसँगको समन्वय र महाधिवेशनले दिएको राजनीतिक कार्यदिशालाई स्विकारेर काम गर्न पार्टी पंक्तीमा निर्देशन पठाउने भएको छ ।
कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार बैठकका बारेमा सबै जिल्ला कमिटीलाई जानकारी गराइसकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघरबाट एमालेको विरोध प्रदर्शन सुरु
एमालेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
ओलीको पक्राउको विरोधमा एमालेद्वारा दिउँसो ३ बजे ७७ जिल्लामै शसक्त विरोध प्रदर्शनको आह्वान
एमाले अध्यक्ष ओली पक्राउपछि तनावः सडकमा उत्रिए आक्रोशित कार्यकर्ता
जेन जेड आन्दोलनका घटना बहालवाला न्यायाधीशबाट छानबिन गर्न एमालेको माग
ओली र लेखकको गिरफ्तारी गैरकानुनी: एमाले