निर्वाचन तयारीबारे सिंहदरबारमा आज सर्वपक्षीय छलफल

सफल खबर संवाददाता

सोमबार, ०७ पुस २०८२, ०९ : १७
निर्वाचन तयारीबारे सिंहदरबारमा आज सर्वपक्षीय छलफल

काठमाडौ । निर्वाचन आयोगले आज प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दैछ। 

निर्वाचन तयारीको विषयमा आयोगले प्रधानमन्त्री सुशीला कार्कीससहित राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयुक्त र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेको हो।

दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल हुने तय भएको छ। 

‘प्रधानमन्त्रीसहितको उपस्थितिमा निर्वाचन आयुक्त, राजनीतिक दल र निर्वाचनसँग सरोकार राख्ने नागरिक समाजका प्रतिनिधिहरुसँग छलफल गर्न लागिएको हो,’ स्रोतले भन्यो, ‘निर्वाचनको पछिल्लो तयारी, उपलब्धीबारे बैठकमा छलफल हुनेछ।’ 

प्रतिक्रिया दिनुहोस