मिथिला लघुवित्तको लाभांश घोषणा

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०८२, ११ : ०५
मिथिला लघुवित्तको लाभांश घोषणा

काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न)गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो।

घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारण सभाबाट पारित भएपछि सम्बन्धित सेयर धनीमा वितरण हुने लघुवित्तले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस