काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण गर्नुका साथै ओलम्पिक टर्च हस्तान्तरण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका हुन् ।
१३औँ किन्डर ओलम्पिक यही पुस १२ देखि १५ गतेसम्म दशरथ रङ्गशालामा हुँदैछ । सो ओलम्पिकमा विभिन्न १२ खेलका खेलाडीबीच प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ’: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूत जोनस्टनको बिदाइ भेट
४ देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल स्वेदश फर्किए