तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ: अर्थमन्त्री खनाल

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०८२, १२ : ३९
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ: अर्थमन्त्री खनाल

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन् ।

अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आज आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा मन्त्री खनालले बितेको तीन महिनाको तथ्यांकले नेपालको अर्थतन्त्र चलायमान भएको पुष्टि गर्ने धारणा राखेका हुन् ।

युवापुस्ता जेन जेड आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुनरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस