काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका केही विद्यालयमा छात्रको कपाल लामो भएको भन्दै जथाभावी मुन्डन गराउने गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यस्तो कार्यले विद्यार्थीमा मनोवैज्ञानिक असर परेको भन्दै महानगरपालिकामा गुनासो प्राप्त भएपछि शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको हो।
महानगरपालिकाको शिक्षा विभागले बुधबार जारी गरेको सूचनामा शिक्षा नियमावली, २०५९ को नियम २५ (ट) अनुसार विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागू गर्नुपर्ने र नियम १३३ (१) (ट) अनुसार विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने व्यवस्था रहेको स्मरण गराइएको छ।
सूचनामा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी आचारसंहिता पालना गराउन तथा त्यसअनुसार व्यवहार गर्न सबै विद्यालयलाई अनुरोध गरिएको छ। छात्रको कपालको विषयमा अनुशासन कायम गर्ने नाममा जबर्जस्ती मुन्डन जस्ता कार्य नगर्न समेत महानगरपालिकाले स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०८२, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगरपालिकामा आज बिदा
काठमाडौँ महानगरपालिकाको नगरसभा आज, २५ अर्बको बजेट ल्याउने तयारी
काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दै