काठमाडौँ । एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार भएको समूह ‘बी’को दोस्रो खेलमा नेपाल बंगलादेशसँग सात विकेटको हारेको हो ।
युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालले प्रस्तुत गरेको १३१ रनको सामान्य लक्ष्य बंगलादेशले २४.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
बंगलादेशको जितमा ओपनर जवाद अब्रारले सर्वाधिक ७० रन बनाए । उनले ६८ बलमा सात चौका र तीन छक्का प्रहार गरे । यस्तै, कलाम सिद्दिकीले ३४ रन थपे । रिजान होसान १२ रनमा अविजित रहे । नेपालका अभिषेक तिवारी र युवराज खत्रीले समान एक विकेट लिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, १६ : १९
लेखकबाट थप