काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूहरूले प्यानल बनाएर उम्मेदवारी नदिने बताएका छन् ।
महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचन आयोगले आफूहरूलाई प्यानल बनाउन चुनाव नलड्न भनेको उनको भनाइ छ ।
उनले भने, ‘सबैले व्यक्तिगत रूपमा उम्मेदवारी दिनुहुन्छ, प्यानल बन्दैन।’
उनले पार्टी सचिवालयको निर्णय विपरीत विधान संशोधन हुनु दुभाग्यपूर्ण रहेको टिप्पणी गरे । विधान संशोधन औचित्यपूर्ण नभए पनि हलले स्वीकारेपछि आफूहरू निर्वाचन प्रक्रियामा जान तयार भएको भट्टराईको भनाइ छ ।
उनले थपे, ‘पार्टीको पुरानै नेतृत्वले अहिलेको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्था छैन । नेतृत्वप्रति धेरै प्रश्न उठेको छ । पार्टी पुनर्गठन गरेर नेतृत्व हस्तान्तरण गरेर नयाँ टिमका साथ अगाडि बढाउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई
हामीले उठाएका मुद्दा निकट भविष्यमै अनुमोदन हुनेछन् : योगेश भट्टराई
‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’: योगेश भट्टराई
म अन्तिम मतदाता ! : योगेश भट्टराई
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई
गम्भीर भएर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्छु : योगेश भट्टराई