पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०८२, १० : ४५
पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन

विराटनगर । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । 

केही वर्षयता राजनीतिमा निष्क्रिय रहेका उपाध्यायको ९२ वर्षको उमेदरमा गए राति निधन भएको हो ।

विराटनगर महानगरपालिका–७ का स्थायी बासिन्दा उपाध्याय क्यान्सरबाट पीडित थिए । परिवारका अनुसार उनको उपचार भइरहेको थियो । 

उपाध्यायको निधनप्रति कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालालगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस