क्षिक्षामन्त्री भन्छन : ‘जागिर खाली रहेछ, भनिदिनुस् न मन्त्रीज्यू’ भनी अनुरोध नगर्नु'

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०८२, १० : ३३
क्षिक्षामन्त्री भन्छन : ‘जागिर खाली रहेछ, भनिदिनुस् न मन्त्रीज्यू’ भनी अनुरोध नगर्नु'

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले कसैलाई पनि जागिर वा रिक्त स्थानमा नियुक्तिका लागि आफूलाई अनुरोध नगर्न आग्रह गरेका छन्। उनले यस्तो अनुरोध नेपालमा कुशासन र भ्रष्टाचारले जरा गाड्नुको प्रमुख कारण भएको स्पष्ट पारेका हुन्।

मन्त्री पुनले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेका छन्, ‘कसैले पनि ‘फलानो ठाउँमा यस्तो जागीर वा स्थान खाली रहेछ, लौ न मन्त्रीज्यू भनिदिनुस् न’ भनेर अनुरोध नगर्नु होला। नेपालमा कुशासन र भ्रष्टाचारले जरो गाडेको प्रमुख कारण नै यहि हो।’

उनले नेताहरूले व्यक्तिगत र पार्टीको स्वार्थका लागि नियम कानुन मिचेर अनैतिक तरिकाले चाकरीको भरमा लोभीपापी र अयोग्य व्यक्तिहरूलाई उच्च पदहरूमा नियुक्त गरेका कारण नै कुशासन र भ्रष्टाचार चरम बिन्दुमा पुगेको र ‘जेनजी विष्फोट’ भएको जिकिर गरेका छन्।

प्रतिक्रिया दिनुहोस