काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तेम्सेनाले अध्यक्ष ओलीले केन्द्रीय कमिटी र पदाधिकारीको सङ्ख्या मनोमानी ढंगले बढाउन नपाउने बताएकी छन्।
तीन महिना अगाडि लामो अध्ययन र सहमति गरेर बनाएको विधानलाई उनले सहजै परिमार्जन गर्न नसक्ने बताउँदै पार्टीको हित विपरीत गलत निर्णय केन्द्रीय कमिटीमा लगे आफूहरूले प्रतिवाद गर्ने बताइन्।
“हामीले तीन महिना अगाडि लामो छलफल गरेर विधान बनाएको हो । अहिले आफू बलियो नहुने डरले पुन विधान आफू परिवर्तन गर्न सकिँदैन,” तेम्सेनाले भनिन्,”पार्टी व्यक्तिको स्वार्थमा भन्दा पनि सामूहिकतामा चल्नुपर्छ भन्ने लाग्छ । गलत निर्णय केन्द्रीय कमिटीमा अध्यक्ष ओलीले प्रस्ताव गर्नुभयो भने हामी त्यसको प्रतिवाद गर्छौं।”
केन्द्रीय कमिटी बैठकमा धेरै नेताले ओली अनुकूल निर्णय गर्ने विषयमा विरोध जनाउने तयारी गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ मंसिर २०८२, १० : ०५
लेखकबाट थप