काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले जिल्लास्तरीय विरोध सभा गर्न लागेको छ ।
२८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरू अघि सार्दै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले आजदेखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोध सभा, जनसभा गर्न लागेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
यस अघि सार्वजनिक गरेको सङ्घर्षका कार्यक्रमअन्तर्गत आजदेखि सबै जिल्ला समितिहरूलाई जिल्लास्तरीय विरोध सभा तथा जन सभाका कार्यक्रमहरू गरी पार्टीले उठाएका माग र मुद्दालाई जनतासमक्ष पुर्याउन मातहत समितिलाई सर्कुलर गरिएको उनले बताए ।
त्यसैगरी पार्टीले पुस १२ गतेदेखि प्रत्येक प्रदेशहरूमा प्रदेश स्तरीय जनप्रदर्शन एवं विरोध सभाको कार्यक्रमको तय गरेको छ ।
जसपा नेपालले संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निधारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसद्को व्यवस्थालगायतका माग र मुद्दा उठाउँदै मंङ्सिर १० गतेदेखि सङ्घर्षका कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०८२, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि