जिल्लास्तरीय विरोध सभा गर्दै जसपा नेपाल

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०८२, ११ : १३
जिल्लास्तरीय विरोध सभा गर्दै जसपा नेपाल

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले जिल्लास्तरीय विरोध सभा गर्न लागेको छ ।

२८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरू अघि सार्दै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले आजदेखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोध सभा, जनसभा गर्न लागेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यस अघि सार्वजनिक गरेको सङ्घर्षका कार्यक्रमअन्तर्गत आजदेखि सबै जिल्ला समितिहरूलाई जिल्लास्तरीय विरोध सभा तथा  जन सभाका कार्यक्रमहरू गरी पार्टीले उठाएका माग र मुद्दालाई जनतासमक्ष पुर्याउन मातहत समितिलाई सर्कुलर गरिएको उनले बताए ।

त्यसैगरी पार्टीले पुस १२ गतेदेखि प्रत्येक प्रदेशहरूमा प्रदेश स्तरीय जनप्रदर्शन एवं विरोध सभाको कार्यक्रमको तय गरेको छ ।

जसपा नेपालले संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निधारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसद्को व्यवस्थालगायतका माग र मुद्दा उठाउँदै मंङ्सिर १० गतेदेखि सङ्घर्षका कार्यक्रम गर्दै आएको छ ।