वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले पर्साको ठोरी गाउँपालिकाबाट अवैध ९१ किलोग्राम गाँजा बिहीबार बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले पर्साको ठोरीबाट भारततर्फ लैजाँदै गरेको सो परिमाणको गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साका सूचना अधिकारी विश्वराज योञ्जनले नेपालतर्फबाट भारत लैजान खोज्दै गरेको १० प्लाष्टिकका पोकामा रहेको गाँजा बरामद गरेको जानकारी दिए ।
उनले बरामद भएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको जानकारी दिए ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने चोरी तस्करी तथा लागूऔषध ओसारपसार कार्यलाई निस्तेज पार्ने अभियान तीव्र पार्दै आइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ मंसिर २०८२, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु
चिसोका कारण गाजा क्षेत्रमा मानवीय संकट बढ्दो
सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन
तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी
७५० केजी गाँजासहित दुई जना पक्राउ