काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०८२, ०७ : ३२
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

काठमाडौ । डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।

ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको छ ।

दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । बसमा ३८ जना सवार थिए ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस