एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न कम्बोडिया र थाइल्यान्डलाई बिहीबार फोन गर्ने बताएका छन्।
पेन्सिलभेनियामा आयोजित र्यालीमा ट्रम्पले पछिल्ला दश महिनामा आफूले आठवटा युद्ध रोकाएको दाबी गर्दै अब कम्बोडिया र थाइल्यान्डबीच जारी द्वन्द्व अन्त्यका लागि पनि पहल गर्ने बताएका हुन्।
उनले भने, ‘मैले कोसोभो-सर्बिया, पाकिस्तान र भारतसहित आठ युद्ध समाप्त गरेको छु। इजरायल र इरान, इजिप्ट र इथियोपिया, आर्मेनिया र अजरबैजान, उनीहरू सबै आपसमा झगडा गरिरहेका थिए।’
उनले अगाडि भने, ‘मलाई यो भन्न मन लागिरहेको छैन कि कम्बोडिया र थाइल्यान्ड फेरि लड्न थाले। भोलि (बिहीबार) मैले एक कल फोन गर्नुपर्छ... म फोन गर्नेछु र दुई धेरै शक्तिशाली देशहरू थाइल्यान्ड र कम्बोडिया बीचको युद्ध रोक्नेछु।’
दुई देशबीच शान्ति स्थापना गरेरै छाड्न दाबी उनले गरेका छन्। सोमबारदेखि थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा फेरि लडाइँ भइरहेको छ। अहिलेसम्म दुवैतर्फ गरेर ७ जनाको मृत्यु भइसकेको छ।
यसअघि मे महिनामा पनि दुई छिमेकी देशबीच द्वन्द्व भएको थियो। त्यस बेला पनि ट्रम्पले आफूले युद्धविराम गराएको दाबी गरेका थिए।
मे महिनादेखि अहिलेसम्म दुई देशको द्वन्द्वमा ४० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ मंसिर २०८२, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै
पाकिस्तानको प्रशंसा गर्दै ट्रम्पले भने– 'म इस्लामावाद जान सक्छु'
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरे परिणाम राम्रो नहुने ट्रम्पको चेतावनी
ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको दाबी