काठमाडौँ। नेकपा एमालेले आगामी शनिबार हुने पार्टी महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रूपमा सहभागी हुन काँग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो गरेको छ ।
एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर देउवालाई निमन्त्रण दिएका हुन् ।
एमालेका पूर्वप्रमुख सचेतक महेश बर्तौला र महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ देउवा निवासमा पुगेका थिए । देउवाले सकेसम्म आउने वचन दिएका छन् ।
भेटघाटका क्रममा समसामयिक राजनीतिक विषयवस्तुमा संक्षिप्त छलफल भएको बुझिएको छ । देउवाले समेत संसद् पुनर्स्थापन अपरिहार्यताबारे जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ मंसिर २०८२, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा