काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू खुसी उम्मेदवारी घोषणा गरेकोप्रति आपत्ति जनाएको छ ।
पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेकोले आफूखुसी अभिव्यक्ति नदिन पार्टीले आग्रह गरेको हो ।
एक विज्ञप्ति जारी गर्दै पार्टीले भनेको छ– 'पार्टी नीति अनुरूप रुपन्देही क्षेत्र नं। ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ। यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लागेको छैन भन्ने ब्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गरिन्छ।'
विज्ञप्तिमा थप भनिएको छ– 'पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछौँ। उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैमा अपिल गर्दछौँ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ मंसिर २०८२, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको बन्दसत्र आजलाई स्थगित
पार्टीमा कुनै समूह छैन: मनिष झा
रास्वपा महाधिवेशन : तीन पदमा सर्वसम्मत गर्ने, बालेनका दुई हस्तीलाई मनोनित पद दिने
रास्वपा महाधिवेशन : आज बन्दसत्र सुरु हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने