काठमाडौ । नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण अहिले कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा मौसम आंशिक बदली रहेको महाशाखाले आज सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा छ। तर तराईका केही भूभागमा हुस्सु लागेको छ।
मौसम महाशाखाका अनुसार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
यस्तै राति कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने आकलन मौसम महाशाखाले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ मंसिर २०८२, ०८ : ४७
लेखकबाट थप