काठमाडौँ । एक सातामा सुनको मूल्य तोलामा ८ हजार ९०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ५ गते तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार अर्थात् मंसिर १२ गते तोलामा २ लाख ५० हजार ६०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि एक साताको अवधिमा २४५ रुपैयाँ बढेको छ ।
महासंघका अनुसार छापावाल सुनको मूल्य मंसिर ७ गते २ लाख ४४ हजार ६००, मंसिर ८ गते २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै मंसिर ९ गते २ लाख ४७ हजार ९०० र मंसिर १० र ११ गते २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै मंसिर ५ गते ३ हजार १०० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंसिर १२ गते ३ हजार ३४५ रुपैयाँ कायम हुँदै सातामा २४५ रुपैयाँ बढेको महासंघको भनाइ छ । जसअनुसार अनुसार मंसिर ७ गते ३ हजार १३५, मंसिर ८ गते ३ हजार ११५, मंसिर ९ गते ३ हजार २००, मंसिर १० गते ३ हजार २२० र मंसिर ११ गते ३ हजार २८० रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०८२, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको घट्यो, चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?