सुर्खेत । सवारी दुर्घटनामा परी पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ। गएराति वीरेन्द्रनगर नगरपालिका–२ स्थित वडा कार्यालय अगाडि भएको दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए।
उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको छ। आचार्य रेडियो तिला आवाज कालिकोटका स्टेसन म्यानेजर तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष समेत हुन् ।
प्रहरीका अनुसार, मुलपानीबाट भुरेलीतर्फ जाँदै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०८२, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत