सुर्खेत । सवारी दुर्घटनामा परी पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ। गएराति वीरेन्द्रनगर नगरपालिका–२ स्थित वडा कार्यालय अगाडि भएको दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए।
उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको छ। आचार्य रेडियो तिला आवाज कालिकोटका स्टेसन म्यानेजर तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष समेत हुन् ।
प्रहरीका अनुसार, मुलपानीबाट भुरेलीतर्फ जाँदै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ मंसिर २०८२, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु