फिफा यू– १७ विश्वकप: पोर्चुगल च्याम्पियन

एजेन्सी

शुक्रबार, १२ मंसिर २०८२, १० : १९
फिफा यू– १७ विश्वकप: पोर्चुगल च्याम्पियन

एजेन्सी ।  पोर्चुगल फिफा यू– १७ विश्वकपको उपाधि जितेको छ । बिहीबार कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न फाइनलमा पोर्चुगलले अस्ट्रियाविरुद्ध १–० को कठिन जित दर्ता गर्‍यो ।

फरवार्ड एनेसियो काब्रालले ३२औँ मिनेटमा गरेको एक मात्र गोल पोर्चुगललाई च्याम्पियन बनाउन निर्णायक बन्यो । पोर्चुगलले पहिलोपटक फिफा यू– १७ विश्वकप जितेको हो ।

यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा इटालीले ब्राजिललाई पेनाल्टी सुटआउमा ४–२ ले पराजित गर्‍यो ।

सेमिफाइनलमा पोर्चुगलले ब्राजिल तथा अस्ट्रियाले इटालीलाई हराएका थिए । प्रतियोगितामा ४८ राष्ट्रको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस