एजेन्सी । पाकिस्तानमा लगातार ‘आतंकवादी’ हमला भइरहेको छ । आक्रमणमा ठूलो संख्यामा सुरक्षाकर्मी र नागरिकको मृत्यु भएको छ ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा बुधबार एक जाँचचौकीमा ‘आतंकवादी’ले भीषण हमला गरेका छन् । उक्त आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु पुष्टि भएको छ ।
यो हमला पाकिस्तानको खैबर पख्तुनख्वाको हंगु जिल्लास्थित काजी तालाब प्रहरी जाँचचौकीमा भएको जनाइएको छ ।
‘आतंकवादी’ले नजिकैको पहाडबाट जाँचचौकीमा तैनाथ सुरक्षाकर्मीमाथि गोलाबारी गरेका थिए । प्रहरीले तत्कालै जवाफी कारबाही गरेको थियो । त्यसपछि भीषण गोलाबारी सुरु भएको थियो ।
आक्रमणकारीको खोजीका निम्ति सम्बन्धित क्षेत्रमा थप प्रहरी बल तैनाथ गरिएको छ । त्यहाँका मुख्यमन्त्री सोहेल अफरीदीले हमलाको कडा निन्दा गर्दै विलम्ब नगरी घटनास्थलमा थप सुरक्षा बल पठाउने आदेश दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ मंसिर २०८२, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु