काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबार घेरेर मात्र देश विकास नहुने भन्दै कार्यशैली सुधार्न युवाहरूलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको ? अहिलेको युवा पुस्ता सहित भावी पुस्ताहरूको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरै भन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो । '
मन्त्री पुनले बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएकोले देशको संयन्त्रहरू बरबाद गरिरहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०८२, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्राध्यापकको लापरबाहीले एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुन्छ : मन्त्री पुन
पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिन्छ : मन्त्री पुन
विदेशमा रहेका नेपाली वैज्ञानिक र प्राविधिकलाई मन्त्री पुनको आह्वान
महावीर पुनसँग रोलेक्स घडी !
महावीर पुनको आक्रोश: तथ्य नबुझीकन धेरै हावा कुरा नगर
जेनजीलाई महावीरको सुझाव– 'गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्'