एजेन्सी । अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएको र त्यसमा ९ बालबालिका र एक महिलाको मृत्यु भएको बताएका छन्।
सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा तालिबान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार (लगभग १२ बजे) खोस्ट प्रान्तको गार्बुज जिल्लामा विस्फोट भएको दाबी गरेका हुन्।
बीबीसी उर्दुका अनुसार, मुजाहिदले विस्फोटमा नौ बालबालिका र एक महिलाको मृत्यु भएको दाबी गरेका छन्। उनले मृतक बालबालिकाको तस्बिर पनि जारी गरेका छन्।
उनले कुनार र पक्तियामा पनि हवाई आक्रमण गरिएको दाबी गरेका छन्। जसमा कम्तीमा चार नागरिक घाइते भएका छन् । अफगानिस्तानमा तालिबानको सरकार छ।
कुनार प्रान्तका स्थानीयले बीबीसी पस्तोलाई बताएअनुसार उनीहरूले हिजो राति अबेर मारावारा, असदाबाद र सेलितान क्षेत्रमा ठूलो विस्फोट भएको आवाज सुनेका थिए।
अफगानिस्तानले पाकिस्तानी सेनालाई आफ्नो सिमानाभित्र हवाई आक्रमण गरेको आरोप लगाएको यो पहिलोपटक होइन। गत महिनाको सुरुमा पनि अफगानिस्तानले पाकिस्तानलाई राजधानी काबुलसहित धेरै स्थानहरूमा हवाई आक्रमण गरेको आरोप लगाएको थियो।
पाकिस्तानले भने अफगान सरकारका प्रवक्ताले लगाएको आरोपका विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०९ मंसिर २०८२, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी