काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग गरेको छ ।
जनसङ्ख्याका आधारमा प्रतिनिधित्व लोकतन्त्रका मूल आधार भएको भन्दै दलित र महिलाहरूका लागि न्यायोचित प्रतिनिधित्व र सामाजिक न्यायको प्रत्याभूति गराउन उनीहरूका लागि छुट्टै आरक्षित संसदीय/प्रादेशिक निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने पार्टीको धारणा रहेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
‘जसपा नेपालले राष्ट्रिय सभालाई प्रादेशिक जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी हुने गरी हाउस अफ नेस्नालिटीज बनाउनुपर्ने प्रस्ताव राखेको छ ।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने तथा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालिको व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसदको व्यवस्था गर्नुपर्ने जसपा नेपालको माग छ,’ बस्नेतले भने ।
त्यस्तै पार्टीले भौगोलिक रूपमा अत्यन्त विकट रहेको हिमाली क्षेत्रको न्यायोचित प्रतिनिधित्व सुुनिश्चत गर्नुपर्नेमा जोड दिएको छ । जसपा नेपालले स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकार अन्तर्गत राख्न र स्थानीय तहको निर्वाचन गैर–दलिय आधारमा गर्ने व्यवस्था हुनुपर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन