एजेन्सी । इजरायली सेनाले लेबननको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको छ।
हमलामा हिज्बुल्लाहका एक वरिष्ठ कमान्डरको मृत्यु भएको बीबीसीले जनाएको छ। युद्धविरामका बीच यो आक्रमण भएको हो।
इजरायलले आक्रमणमा मारिएका हैथम अली अल-तब्ताबाईलाई हिज्बुल्लाहको चिफ अफ स्टाफ रहेको बताएको छ। संगठनका पुराना सदस्य महत्त्वपूर्ण पदहरूमा काम गरेका थिए।
लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा कम्तीमा पाँच जना मारिएका छन् २८ जना घाइते भएका छन्।
आक्रमण घना बस्ती रहेको दहियाह छिमेकमा रहेको आवासीय भवन लक्षित थियोे।
हिज्बुल्लाहले तब्ताबाईको मृत्युको पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०८ मंसिर २०८२, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा