एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने आफूहरूको प्रस्ताव ‘अन्तिम’ नभएको बताएका छन्।
अमेरिकाले तयार पारेको शान्ति योजनामा राखिएका सर्तप्रति युक्रेन र उसका सहयोगीहरूले चिन्ता प्रकट गरिरहेका बेला ट्रम्पले यो नै अन्तिम नभएको बताएका हुन्।
बीबीसीका अनुसार शनिबार ह्वाइट हाउसमा ट्रम्पलाई पत्रकारहरूले सोधेका थिए, ‘हालको मस्यौदा युक्रेनका लागि अन्तिम प्रस्ताव हो कि होइन?’ जवाफमा उनले ‘होइन, यो मेरो अन्तिम प्रस्ताव होइन।’ उनले थपे, ‘कुनै न कुनै तरिकाले हामीले यो युद्ध अन्त्य गर्नुपर्छ, त्यसैले हामी यसमा काम गरिरहेका छौँ।’
अमेरिकी प्रस्तावका विषयमा यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनले कि आफ्नो गरिमा कि अमेरिकाको साथ त्याग्नुपर्ने हुन्छ।’ यस्तै शनिबार युरोप, क्यानडा र जापानका नेताहरूले भनेका छन्, योजनामा न्यायपूर्ण र दिगो शान्तिका लागि महत्त्वपूर्ण तत्व छन्, तर अझ धेरै काम आवश्यक छ।’
उनीहरूले सीमा परिवर्तन गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावमा चिन्ता व्यक्त गरेका छन्। आज (आइतबार) बेलायत, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युक्रेनका सुरक्षा अधिकारीहरू स्विट्जरल्यान्डको जेनेभामा भेट गर्दै छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०७ मंसिर २०८२, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक