एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने आफूहरूको प्रस्ताव ‘अन्तिम’ नभएको बताएका छन्।
अमेरिकाले तयार पारेको शान्ति योजनामा राखिएका सर्तप्रति युक्रेन र उसका सहयोगीहरूले चिन्ता प्रकट गरिरहेका बेला ट्रम्पले यो नै अन्तिम नभएको बताएका हुन्।
बीबीसीका अनुसार शनिबार ह्वाइट हाउसमा ट्रम्पलाई पत्रकारहरूले सोधेका थिए, ‘हालको मस्यौदा युक्रेनका लागि अन्तिम प्रस्ताव हो कि होइन?’ जवाफमा उनले ‘होइन, यो मेरो अन्तिम प्रस्ताव होइन।’ उनले थपे, ‘कुनै न कुनै तरिकाले हामीले यो युद्ध अन्त्य गर्नुपर्छ, त्यसैले हामी यसमा काम गरिरहेका छौँ।’
अमेरिकी प्रस्तावका विषयमा यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनले कि आफ्नो गरिमा कि अमेरिकाको साथ त्याग्नुपर्ने हुन्छ।’ यस्तै शनिबार युरोप, क्यानडा र जापानका नेताहरूले भनेका छन्, योजनामा न्यायपूर्ण र दिगो शान्तिका लागि महत्त्वपूर्ण तत्व छन्, तर अझ धेरै काम आवश्यक छ।’
उनीहरूले सीमा परिवर्तन गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावमा चिन्ता व्यक्त गरेका छन्। आज (आइतबार) बेलायत, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युक्रेनका सुरक्षा अधिकारीहरू स्विट्जरल्यान्डको जेनेभामा भेट गर्दै छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०७ मंसिर २०८२, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै
पाकिस्तानको प्रशंसा गर्दै ट्रम्पले भने– 'म इस्लामावाद जान सक्छु'
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरे परिणाम राम्रो नहुने ट्रम्पको चेतावनी
ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : इरानविरुद्धको सैन्य अभियान अन्तिम चरणमा पुगेको दाबी