काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको माग गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले संविधान संशोधनसहितको माग राखी प्रधानमन्त्री सुशीला कार्कीलाई २८ बुँदे माग बुझाउने तयारी पनि गरेको छ । मङ्सिर १० गते प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको सो पार्टीका महासचिव रामकुमार शर्माले बताए ।
दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले संगठन सुदृढ, चुनाव र सङ्घर्षका कार्यक्रम तय गरेको उनले बताए । मङ्सिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर र बजार क्षेत्रमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन गर्नुका साथै मङ्सिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिइने कार्यक्रम रहेको उनले बताए ।
मङ्सिर २७ देखि पुस ४ सम्म देशभर जिल्लास्तरीय विरोध सभा तथा जनसभा आयोजना हुने जानकारी गराउँदै उनले प्रदेशस्तरीय विरोध सभाका कार्यक्रम पनि तय गरेको बताए ।
साथै पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगन्ज, पुस १७ गते नेपालगन्ज र भैरहवाका लागि कार्यक्रम तय भएको छ । महासचिव शर्माले भने, ‘संविधान निर्माणप्रति जसपा नेपालले पहिलादेखि नै असहमति जनाउँदै आएको थियो, संविधान पुनर्लेखनको माग आफ्नो पार्टीले नै सुरुदेखि उठाएको हो, तर विगतका सरकारले त्यसमा कुनै ध्यान दिएन यो सरकारे पनि संविधान पुनर्लेखन वा संशोधन गरोस् भने हाम्रो माग हो र त्यसका लागि हामीले आन्दोलनका कार्यक्रम तय गरेका हौँ ।’
प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्ण समावेशी संसद्, स्वायत्त अधिकार सम्पन्न प्रदेश, समान जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र, राज्यको पुनर्संरचना लगायतका विषय संविधानमा संशोधन हुनुपर्ने माग आफूहरूले राखेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ मंसिर २०८२, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न दलसँग एकता र सहकार्यका लागि जसपा नेपालले बनायो वार्ता समिति
निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन जसपा नेपालको आग्रह
जसपा नेपाल चितवन-३ का उम्मेदवार सुनार नेकपामा प्रवेश
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश