काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन सुरु भएको छ ।
भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्न लाग्दा समेत दक्षिण कोरिया जान नपाएकाहरूले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा घेराउ गरेका हुन् ।
सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए ।
तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौता समेत नभएको कारण दक्षिण कोरिया जान पाएका छैनन् । कोरियामा कामदार पठाउन थप विज्ञान र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारहरूलाई कोरिया पठाउनुपर्ने उनीहरूको माग छ ।
सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो । हाल कोरियामा एक लाख हार हारीमा नेपालीहरू कार्यरत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरियन भाषा परीक्षाका लागी १ लाख २ हजार बढीले दिए आवेदन