काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसमा पार्टीको अवस्था किन दयनीय बन्यो भन्ने विषयमा गम्भीर समीक्षा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
बुधबार एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत कार्यक्रमका लागि जाने क्रममा बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाबीच झडप भएको थियो।
यसपछि बिहीबार बिहान एमाले सचिव योगेशले वक्तव्य जारी गरी विगतमा मधेसमा ‘बलियो’ रहेको पार्टी आज कमजोर बनेको भन्दै गम्भीर चिन्ता प्रकट गरेका हुन्।
'आज मधेस प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठुलो धक्का लागेको छ। पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन्। प्रदेश प्रमुखको बर्खास्ती भएको छ। सभामुख पदमुक्त हुनुभएको छ (यद्यपि यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ)। मुख्यमन्त्री पद अदालतको कठघरामा छ। राजनीतिक रूपमा हामी एक्लिएका छौँ। पार्टीभित्र अन्तरविरोध तीव्र बनेको छ।
यो सबै किन र कसका कारणले भयो', भट्टराईले लेखेका छन्, 'मधेसमा स्वयम् पार्टी अध्यक्षले गर्नुभएको मेहनतमाथि किन, कसले र केका लागि खेलबाड गरियो? यी तमाम विषयमा गम्भीर समीक्षा हुनुपर्दछ। सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ? पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ़ गर्न, पार्टीको सामाजिक छविलाई सुधार गर्न मधेसमा नयाँ जिम्मेवारीका साथ जानुपर्दछ। यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०८२, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह