काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित रहेको बताएका छन् ।
परिसंघले बुधबार काठमाडौँमा आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधार: सार्वजनिक निजी संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार निर्वाचन गराउने र सुरक्षित तबरले सत्ता हस्तान्तरण गर्ने योजनाका साथ अघि बढिरहेको बताएका छन् ।
अन्तरिम सरकारलाई निर्वाचन गराउने म्यान्डेट रहेकाले करका दरहरू हेरफेरमा आफू नलागेको स्पष्ट पारेका छन् ।
सकेसम्म संयमित रहँदै, आलोचनाबाट बच्दै र कानुनसम्मत तरिकाले आफूहरू अघि बढिरहेको जिकिर गरेका छन् ।
‘सकेसम्म संयमित रहेर काम गर्नुपर्ने, आलोचनाबाट बच्नु पनि पर्ने, कानुनसम्मत पनि हुनुपर्ने समयमा अहिले करका दर चलाउँदा यहाँहरूले पनि हेरिरहनुभएको छ, कुनै एउटा खास पक्षलाई पक्षपोषण गर्न थालियो भनेर फेरि अर्को व्यावसायिक तप्काबाट आवाज उठ्छ । सरकारको ध्यान निर्वाचन गराउनेमा छ । सरकारको ध्यान सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा छ । त्यसैमा अवरोध आउने खालले विरोध हुन थाल्यो भने राम्रो हुँदैन भनेर करका दरमा ध्यान दिएको छैन । यो निर्वाचित सरकारले गरोस् भनेर ध्यान पुर्याउन पनि चाहेको छैन,’ उनले भने ।
अर्थमन्त्री खनालले करका दर अहिले हेरफेर गर्न खोजे निजी क्षेत्रबाटै विरोधको आवाज उठ्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री खनालद्वारा कूटनीतिक राहदानी फिर्ता
निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्री खनालको प्रतिबद्धता
आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजना मात्र रोकिएको अर्थमन्त्री खनालको प्रष्टीकरण
निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्री खनालको आग्रह
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गर्नुपर्नेमा अर्थमन्त्री खनालको जोड
‘नगद कारोबार सीमित गर्दै वित्तीय पारदर्शिता बढाउने सरकारको नीति’ : अर्थमन्त्री खनाल