काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिने बताएका छन् ।
नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरे पनि सरकारले अनुमति नदिएको पुनले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'यसअघि लोभी–पापीहरूले अनेकौँ नियम कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन्। अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्छ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन : मन्त्री पुन
प्राध्यापकको लापरबाहीले एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुन्छ : मन्त्री पुन
विदेशमा रहेका नेपाली वैज्ञानिक र प्राविधिकलाई मन्त्री पुनको आह्वान
महावीर पुनसँग रोलेक्स घडी !
महावीर पुनको आक्रोश: तथ्य नबुझीकन धेरै हावा कुरा नगर
जेनजीलाई महावीरको सुझाव– 'गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्'