फिल्म ‘एक्लो’ मा द्रोणको भूमिकामा देखिए डीसी

सफल खबर संवाददाता

मंगलबार, ०२ मंसिर २०८२, ११ : ३७
फिल्म ‘एक्लो’ मा द्रोणको भूमिकामा देखिए डीसी

काठमाडौं । फिल्म ‘एक्लो’ ले अभिनेता दिनेश डीसीको जन्मदिन अवसरमा फिल्मको ‘क्यारेक्टर लुक’ सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टरमा डीसीलाई रहस्यमय र शक्तिशाली पात्र ‘द्रोण’को रूपमा चित्रण गरिएको छ, जसले चलचित्रप्रति उत्सुकता जगाउँछ ।

चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका डीसी सोमबार बर्थडे सेलिब्रेसन गर्दैछन् । साथै, आज बिहान नै अमेरिकामा रहेका चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्न त्यसतर्फ उडेका छन् ।

‘एक्लो’ फिल्ममा डीसीको पनि महत्वपूर्ण रोल छ । अंग्रेजी नयाँ वर्ष २०२६ मा प्रदर्शनमा आउने ‘एक्लो’ विज्ञान कथामा आधारित छ ।

प्रतिक्रिया दिनुहोस